सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संसदीय कोषबाट खरिद गरिएको दुईृवटा भेन्टिलेटर भेरी अस्पताल पुग्यो

नेपालगञ्ज, पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्वर २ का संघीय सांसद मोहम्मद इस्तियाक राईले आफ्नोे संसदीय कोषबाट भेरी अस्पतालका लागि दुई वटा भेन्टिलेटर खरिद गर्न प्रदान गर्रनुृ भएको ४५ लाख रुपियाबाट खरिद गरिएको दुई वटा भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएकोे छ ।

May be an image of 1 person and text that says 'Pramod Dhital is with Mohammad Ishtiyaq Rayi. 2h. 2h बिघटीत संसदका माननीय ईस्तियाक राई ज्यु को स्थानीय बिकास पुर्वाधार कोष द्वारा भेरी अस्पतालमा भेन्टीलेटर खरिखका लागि बिनियोजन गरेको रू. ४५,००,०००/- रुपैयाबाट खरिद गरिएको २ वटा भेन्टीलेटर नेपालगन्ज उमनपा मार्फत भेरी अस्पतालमा आई पुगेको छ धन्यवाद माननीय ज्यु।'


भेरी अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धितालले सो जानकारी गराउँदै पुर्व शहरी विकास मन्त्री राईलाई धन्यवाद समेत दिनु भएको छ । अस्पताल विकास समितिका अध्यक्ष धितालले सामाजिक सञ्जाल फेसबुक मार्फत सो जानकारी सार्वजनिक गर्दे लेख्नु भएको छ, विघटित संससदका माननीय ईश्तियाक राई ज्युको स्थानीय विकास पुर्वाधार कोषद्धारा भेरी अस्पतालमा भेन्टिलेटर खरिदका लागि विनियोजन गररेको ४५ लाख रुपियाँबाट खरिद गरिएको २ वटा भेन्टिलेटर नेपालगञ्ज उपमहानगर मार्फत भेरी अस्पतालमा आइपुगेको छ धन्यवाद मन्त्री ज्यु ।


गत महिना कोभिडको दोस्रो लहरका कारण धेरे नागरिक गम्भीर भएर भेन्टिलेटर र अक्सिजनकोे अभावमा ज्यान गुमाउनु परेकोले अब आगामी दिनमा यी भेन्टिलेटरबाट गम्भीर अवस्थाका विरामीको उपचारमा सहज हुने स्वास्थ्यकर्मी तथा अस्पताल विकास समितिले विश्वास गरेको छ ।


पुर्व शहरी विकास मन्त्री राईले विकासको रकम अस्पताललाई उपलब्ध गराउनु भएकोमा यसबाट बाँकेका मात्र नभई समग्र पश्चिम नेपालकै विरामीको उपचारमा सजिलो हुने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए ।


यसअघि भेरी अस्पतालमा संक्रमित विरामीका लागि अक्सिजनको हाहाकार भएको बेला पनि पुर्व शहरी विकास मन्त्री राईले स्थानीय विकास पुर्वाधार कोषबाट अक्सिजन खरिदका लागि ५० लाख रुपियाँ प्रदान गर्नुृ भएको थियो, जसले सयौं विरामीको ज्यान जोगाउन सहयोग गरेको थियो ।

यसैगरि भेरी अस्पतालका कुरुवा र विरामीलाई २० रुपियाँ छाकमा खाना खुवाईृ रहेको अन्जनी माता रसोई श्री सुन्दरकाण्ड मित्रमण्डललाार्ई पनि स्थानीय विकास पुर्वाधार कोषबाट ५ लाख रपियाँ प्रदान गर्नु भएको छ । सो रकमको खाद्यान्न नेपालगञ्ज उपमहानगर मार्फत अन्जनी माता रसोईले पाउने सो रसोइका प्रवक्ता बिमल चन्दले जानकारीदिनुभयो । 


उहाँले यो रकमबाट भेरी अस्पतालका कुरुवा, बिरामी र अन्यलाई खाना खुवाउनमा ठुलो सहययोग पुग्ने बताउनुभयो । बाँकेका जनताले सोही प्रकारको सहयोग गर्न अन्य सांसदहरुसंग पनि गरेका छन् । 


भर्खरै

सम्बन्धित खबर

Language »