सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी-विकास मन्त्री मोहम्मद ईश्तियाक राईद्धारा भेरी अस्पताललाई ६ थान एरोसन बक्स प्रदान

नेपालगन्ज, कोरोना भाईरस विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर मोर्चा सम्हाल्नु भएका चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा सबैभन्दा बढी ध्यान दिनु पर्ने पुर्व शहरी-विकास मन्त्री तथा सांसद मोहम्मद ईश्तियाक राईले बताउनु भएको छ ।


उहाँले जति स्वास्थ्यकर्मीहरु सुरक्षित हुनुहुनेछ, त्यतिनै कोरोना विरुद्धको युद्धमा विजय सहज हुँदै जाने बताउँदै उहाँहरुको सुरक्षामा सरकार र निजि क्षेत्र सबैले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।


कोरोना संक्रमित विरामीको उपचारमा खटिने चिकित्सकको सुरक्षाका लागि तयार गरिएको एरोसन बक्स यहाँस्थित भेरी अस्पतालमा हस्तान्तरण गर्नका लागि समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईललाई प्रदान गर्ने क्रममा मंगलवार पुर्व शहरी-विकास मन्त्री राईले सो कुरा बताउनु भएको हो ।

उहाँले अझैपनि जिल्लामा धेरै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले जोखिममा रहेर काम गरिरहेकोले सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।


कोरोनाका संक्रमित बिरामीको उपचारमा प्रयोगका लागि पूर्व शहरी-विकास मन्त्री राईले भेरी अस्पताललाई प्रदान गर्नु भएको ६ थान एरोसन बक्स मंगलबारनै एक कार्यक्रमका बीच भेरी अस्पताल इर्मेजेन्सी वार्डका इन्चार्ज डा पारस पाण्डेलाई समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले हस्तानतरण गर्नुभयो ।

विशेषगरि कोरोना लागेका विरामीको उपचार गर्दा भेन्टिलेटरमा राखेर उपचार गर्ने समयमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि सो एरोसन बक्स महत्वपूर्ण रहेकोले पूर्व शहरी-विकास मन्त्री राईको ब्यक्तिगत पहलमा अस्पताललाई उपलब्ध गराईएको समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनु भयो।

यसअघी पुर्व शहरी-विकास मन्त्री राईँले ४ वटा एरोसन बक्स नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जलाई उपलब्ध गराउनु भएको थियो ।


एरोसनबक्सले उपचारमा खटिने चिकित्सक, नजिकै रहेका विरामीको सुरक्षामा सघाउ पुर्याउने भएकोले यो अतिनै उपयोगी रहेको डाक्टर पाण्डेले बताउनु भयो ।

डा पाण्डेका अनुसार यस्तो उपकरणले डाक्टर र बिरामीको वरपर रहेका अन्य बिरामी समेतको सुरक्षा गर्ने र यो पनि एक प्रकारको पिपिई नै हो ।


नेपालमा पिपिईको अभाब रहेको बेला नेपालगञ्जमै बनाएको सिसाको एरोससनबक्स पूर्व शहरी-विकास मन्त्री राईको आफ्नो पहलमा नेपालगञ्जमै बनाएको र अझै यस्ता उपकरणहरु निर्माण गर्दै जाने र बाँकेमा रहेका अस्पतालहरुलाई प्रदान गर्ने योजना रहेको जनाईएको छ ।


यसअघि पनि पूर्व शहरी-विकास मन्त्री राईको पहलमा बाँकेका ४७ वटा एम्वुलेन्स चालकहरुलाई पीपीइ सेट उपलब्ध गराइएको थियो भने नगरलाई सेनेटाइज समेत गरिएको थियो । सो कार्यमा पुर्वमन्त्री राई स्वयं खटिनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »