सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईद्धारा नेपालगन्जका उपमयेर थापाको प्रशंसा, हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त

नेपालगन्ज ,पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद इश्तियाक राईले कोरोना विरुद्धको अभियानमा अहोरात्र खटिनु भएकी नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरको प्रशंसा गर्दै आवश्यक परेको सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

पुर्व शहरी विकास मन्त्री राईले उपमेयर थापाको कामको मूल्यांक गर्दै उहाँको हौसला र उत्साह समेत बढाउनु भएको छ ।
राईले आफ्नो फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै यस्तो जटिल र संकटको अवस्थामा नेपालगन्ज उप -महानगरपालिकामा मुख्य जिम्मेवारी लिएकाहरु जिम्मेवारविहिन देखिएको बेला उपप्रमुखको सक्रियता निकै सराहनीय रहेकोले त्यसका लागि यस क्षेत्रको संघिय सासद र जनप्रतिनिधिका हैसियतले उहाँको अतुलनिय योगदानको उच्च कदर गर्दछु भन्नु भएको छ ।

उहाँले फेसबुकमा अगाडी भन्नु भएको छ – मेरो व्यक्तिगत सहयोगमा उपमहानगरपालिका क्षेत्र भित्र विभिन्न सहयोग कार्यक्रम जारीनै छ साथै वहाँ लाई जुनसुकै सहयोगको आवश्यकता गर्न तयार रहेको आग्रह गर्न चाहन्छु ।


‘कोरोना विरुद्धको यो अभियानमा केन्द्रिय सरकारले आवश्यक बजेट र उपकरण लगायतको व्यवस्थापन गर्ने, प्रदेश सरकारले त्यसको समन्वय गर्ने अफना मातहतका सम्पूर्ण निकाय परिचालन गरी व्यावस्थापन गर्ने र क्वारेन्टाइनको पूर्ण व्यवस्थापनदेखि लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउनेहरु तथा अन्य अति विपन्नहरुका लागि खाद्यान्न लगायतत अन्य अत्यावश्यक सेवा,वस्तुको व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय तहमाथिनै आइपरेको छ ।– पुर्व शहरी विकास मन्त्रीको भनाई छ ।

सांसद तथा पुर्व शहरी विकास मन्त्री राईद्धारा आफ्नो फेसबुकमा राखिएको सन्देशको पुर्णपाठ जस्ताको तस्तै यहाँ साभार गरिएको छ ।

अहिलेको यस निकै जटिल र असहज परिस्थितीमा कोभिड १९ं कोरोना भाइरसको विरुद्धमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनवटै सरकारको काँधमा अतिनै महत्वपूर्ण जिम्मेवारी आइपरेकोले सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नु अहिलेको आवश्यकता हो ।

कोरोना विरुद्धको यो अभियानमा केन्द्रिय सरकारले आवश्यक बजेट र उपकरण लगायतको व्यवस्थापन गर्ने, प्रदेश सरकारले त्यसको समन्वय गर्ने आफ्ना मातहतका सम्पूर्ण निकाय परिचालन गरी व्यवस्थापन गर्ने र क्वारेन्टाइनको पूर्ण व्यवस्थापनदेखि लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउनेहरु तथा अन्य अति विपन्नहरुका लागि खाद्यान्न लगायतत अन्य अत्यावश्यक सेवा,वस्तुको व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय तहमाथिनै आइपरेको छ ।

सो सम्बन्धमा मेरो बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को कुरा गर्ने हो भने उक्त क्षेत्रमा डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका अधिकांश वडाहरु पर्दछन । त्यसमा मैले हेर्ने हो भने अहिले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा देशभरिकै स्थानीय तहमध्ये नेपालगन्ज उप-महानगरपालिकाका उपप्रमुख अरु भन्दा बढी सक्रिय र क्रियाशिल देखिनु भएको छ ।

मुख्य जिम्मेवारी लिएकाहरु जिम्मेवारविहिन देखिएको बेला उपप्रमुखको सक्रियता निकै सराहनीय छ ।
कार्यकारी अधिकार नपाएता पनि अहिलेको संकटको घडीमा अत्याधिक जोश जाँगरका साथ आफ्नो जिम्मेवारी जुन ईमान्दारिताका साथ निर्वाह गर्नु भएको छ ।

त्यसका लागि यस क्षेत्रको संघिय सासद र जनप्रतिनिधिका हैसियतले उहाँको अतुलनिय योगदानको उच्च कदर गर्दछु ।

अझै उहाँलाई थप साहस र हौसला मिलोस भन्ने कामना गर्दछु । मेरो व्यक्तिगत सहयोगमा यस क्षेत्र भित्र विभिन्न सहयोग कार्यक्रम जारीनै छ, साथै वहाँ लाई जुनसुकै सहयोगको आवश्यकता गर्न तयार रहेको आग्रह गर्न चाहन्छु ।


उहाँजस्तै देशभरिका ७५३ वटै स्थानीय तहका कार्यकारी अधिकार प्राप्त प्रमुखहरु र गाउँपालिकाका अध्यक्ष तथा उपप्रमुखहरुलाई पनि सदबुद्धि प्राप्त होस भन्ने कामना समेत गर्दछु ।

भर्खरै

सम्बन्धित खबर

Language »