सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री राईद्धारा क्वारेन्टाइनमा बसेकाहरुलाई ५ दिन पुग्ने खाद्यान्नसहित २५ हजार नगद सहयोग प्रदान

सिराज खान
नेपालगन्ज,
पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले नेपालगन्जस्थित विभिन्न क्वारेनटाईनमा बसेकाहरुको लागि ५ दिन पुग्ने खाद्यान्नका साथै नगद २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।


नेपालगन्जस्थित क्वारेन्टाइनमा रहेकाहरुको खानाको व्यवस्थापन गर्दै आएको श्री गुरूनानक सिंह सभालाई विहिबार पुर्वमन्त्री राईले ५ दिन पुग्ने खाद्यान्न तथा अन्य तरकारी लगायतका लागि २५ हजार रुपैयाँ नगद समेत प्रदान गर्नु भएको हो ।


पुर्व शहरी विकास मन्त्री राईले प्रदान गर्नु भएको खाद्यान्न र नगद २५ हजार श्री गुरूनानक सिंह सभाका अध्यक्ष राजेन्द्र सिह सरदारले बुझ्नु भयो । उहाँले नेता राईलाई हृदयदेखि धन्वाद दिंदै आभार समेत प्रकट गर्नुभयो ।


सो अवसरमा बोल्दै उहाँले क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्नको समस्या हुननदिने जनाउँदे आवश्यकता अनुसार राहात दिने कार्य जारी राखिने बताउनु भयो ।
उहाँले श्री गुरूनानक सिंह सभा लगायत अन्य संघसंस्थाले हालसम्म गरेको योगदानको उच्च कदर गर्दै कुनै पनि हालतमा गुरुद्धाराको लंगर बन्द हुननदिने बताउनु भयो ।


राईद्धारा प्रदान गरिएको खाद्यान्नमा २७५ किलो जिरा मसिनो चामल ५० किलो दाल र ३० किलो चना रहेको छ । २५ हजार रुपैयाँ नगद तरकारी तथा मसलाका लागि दिइएको जनाईएको छ ।


पुर्व शहरी विकास मन्त्री राईले एकसातादेखिनै नेपालगन्ज लगायत वरिपरिका सयौं जना विपन्न र ज्याला मजदुरी गरेर खानेहरुलाई राहात वितरण गरिसक्नु भएको छ । सो राहात वितरण निरन्तर जारी रहने उहाँले जनाउनु भएको छ ।


सोही प्रकारले उहाँले यसअघिनै मास्क वितरणका साथै अस्पतालहरुलाई विभिन्न प्रकारका अतिआवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरिसक्नु भएको छ । नेपालगन्ज सहरलाई सेनिटाइज गर्ने कार्य पनि उहाँले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »