सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईद्धारा नीलसागर सेवाश्रमका ८१ जना असहायलाई दसदिन पुग्ने खाद्यान्न सहयोग

नेपालगन्ज, पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले नेपालगन्जस्थित नीलसागर सेवाश्रममा रहनु भएका ८१ जना असहाय अनाथ बृद्धबृद्धा तथा बालबालिकालाई दसदिनसम्म पुग्ने खाद्यान्न सहयोग गर्नु भएको नीलसागर सेवाश्रमले जनाएको छ ।


लकडाउन शुरु भएयता सो सेवाश्रममा आर्थिक संकट उत्त्पन्न भएपछि त्यहाँ रहनु भएका बृद्धबृद्धा तथा बालबालिकालाई छाक टार्ने समेत समस्या उत्पन्न भएको सुनेर पुर्व शहरी विकास मन्त्री राईले आफै बोलाएर दस दिन पुग्ने खाद्यान्न सहयोग गर्नु भएको नीलसागर सेवाश्रमका संस्थापक अध्यक्ष सरिता खनालले बताउनु भयो ।


सांसद तथा पुर्व शहरी विकास मन्त्री राईले अझै आवश्यक परेमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको सेवाश्रमका संस्थापक अध्यक्ष खनालले बताउनु भयो ।


उहाँले लकडाउन शुरु हुनुभन्दा पहिले धेरै जनाले नीलसागर सेवाश्रममा आइ आफ्नो जन्मदिन र वैवाहिक वर्षगाठ मनाउने तथा त्यहाँ रहेकका बृद्धबृद्धा एवं बालबालिकालाई खाना खुवाउने गरेकोले त्यति धेरै समस्या नरहेको जनाउँदै तर अहिले लकडाउनका कारण सो कार्य हुननसक्दा समस्या बढेको बताउनु भयो ।


नीलसागर सेवाश्रमले खाद्यान्न सहयोग गरेकोमा पुर्व शहरी विकास मन्त्री राई र सोका लागि सहजीकरण गरेकोमाा समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन रानामगरलाई आभार तथा कृतज्ञता प्रकट गरेको छ ।


नीलसागर सेवाश्रमका अभियन्ता अमन निलसागरले संकटको घडीमा यस क्षेत्रका जनपतिनिधि तथा पुर्व शहरी विकास मन्त्री राईले गर्नु भएको सहयोग र फेरी पनि आवश्यक परे सहयोग गर्ने भनि दिनु भएको वचनले उत्साहित बनाएको बताउनु भयो ।


उहाँले अहिले नेपालगन्ज उपमहानगरका विभिन्न वडा कार्यालयहरुले राहात वितरण गरिरहेको बेला नीलसागर सेवाश्रमका बृद्धबृद्धालाई पनि हरेक वडाको तर्फबाट केही राहात उपलब्ध हुने हो भने केह िमहिनाका लागि पुग्ने जनाउँदै त्यसका लागि पहल गरिदिन सम्बन्धितहरुसंग आग्रह गर्नु भएको छ ।


सो सेवाश्रममा हाल ८१ जना बृद्धबृद्धा तथा बालबालिकाहरु रहेको जनाउँदै अभियन्ता नीलसागरले ३ जना महिलाहरु सुत्केरी समेत रहेको बताउनु भयो । उहाँले सबैले एक पटक उनिहरुका बारेमा पनि सोचिदिन आग्रह गर्दै सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ ।


पुर्व शहरी विकास मन्त्री राईले यसअघि पनि सो सेवाश्रमका लागि ई रिक्सा समेत प्रदान गर्न भएको अमन नील सागरले बताउनु भयो ।

नेपालगन्जका विभिन्न क्वारेन्टाइनमा रहेका करिब २०० जना भन्दाा बढीका लागि पनि सांसद राईले ५ दिन सम्म पुग्ने खाद्यान्न तथा नगद २५ हजार सहयोग गर्नु भएको थियो ।

विपन्न तथा संकटमा परेकाहरुलाई सहयोग जारी राखिने उहाँले बताउँदै आउनु भएको छ । (नेपालगन्ज एफएमबाट साभार )

भर्खरै

सम्बन्धित खबर

Language »