सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईद्धारा शसस्त्र प्रहरीलाई २८ थान अत्याधुनिक फोकस टर्च प्रदान

नेपालगन्ज, पुर्व शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले बाँके जिल्लाको भारतसंग जोडिएको ६५ किलोमिटर खुल्ला सीमानामा सुरक्षा दिईरहेको शसस्त्र प्रहरीलाई सीमानामा निगरानी बढाउन तथा सुरक्षा प्रदान गर्न सहज होस भन्ने उदेश्यले २८ वटा अत्याधुनिक लामो फोकसको टर्च उपलब्ध गराउनु भएको छ ।


लकडाउनको बेला सीमाना बन्द रहेपनि रातीको समयमा सीमापारीबाट लुकी छिपि नेपाल प्रवेश गर्न सक्ने र अन्य गैरकानुनी कामहरु हुनसक्ने भएकाले रातीको समयमा प्रहरीलाई गस्ती गर्न र सुरक्षा प्रदान गर्न सहज बनाउने उदेशयले शसस्त्र प्रहरीलाई २८ वटा अत्याधुनिक ठुलो टर्च उपलब्ध गराईएको पुर्व शहरी विकास मन्त्री राईले बताउनु भयो ।


उहाँले विशेषगरि सीमानामा रहेका शसस्त्र प्रहरीका बीओपीहरुका लागि ती टर्चहरु उपलब्ध गराईएको जनाउनु भयो ।


सांसद राईद्धारा उपलब्ध गराईएका ती टर्चहरुलाई समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले सोमवार शसस्त्र प्रहरीको नेपालगन्ज महेन्द्रनगर स्थित कार्यालयमा गएर शसस्त्र प्रहरी बाँकेका प्रहरी निरिक्षक प्रकाश रानालाई हस्तान्तरण गर्नु भयो ।

शसस्त्र प्रहरीका बाँके प्रमुख एसपी दिपक अधिकारीले टर्चहरु पाएपछि रातीको गस्ती र सुरक्षामा निकै सहज हुने बताउनु भयो ।


उहाँले रातीको समयमा मानिसहरु घस्रेर सीमापार गर्ने आशंका रहेकोले टर्चबाट सो कार्य रोक्न सहज हुने बताउनु भयो ।


उहाँले केही थान टर्च डुडुवा गाउँपालिकाले ३० वटा अत्याधुनिक ठुलो टर्च , नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४का वडा अध्यक्ष मोहम्मद सफिकले २० वटा अत्याधुनिक ठुलो टर्च पनि उपलब्ध गराएको बताउनु भयो ।

पुर्व शहरी विकास मन्त्री राईले केही दिन अघि हवलदारपुरस्थित क्वारेन्टाइनका लागि शसस्त्र प्रहरीलाई एक क्विन्टल चामल, २० किलो दाल र तरकारीका लागि ५ हजार नगद समेत उपलब्ध गराउनु भएको थियो ।

उहाँले शसस्त्र प्रहरीका युनिटहरुलाई डिस्कनेक्ट गर्नका लागि औषधि छर्ने मेशिन पनि प्रदान गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »