सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईद्धारा बाँकेका सुरक्षा निकायलाई मास्क र थर्मल गन प्रदान


नेपालगन्ज, पुर्वशहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बाँकेका सुरक्षा निकायलाई शुक्रवार मास्क र थर्मल गन उपलब्ध गराउनु भएको छ ।
पछिल्लो समयमा आएर नेपालगन्ज लगायत जिल्लाका केही ठाउँमा समुदायस्तरमा कोरोना फैलिएपछि सो विरुद्ध फ्रन्टलाइनमा खटिएर काम गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँके र अनुसन्धान विभागलाई सहजताका लागि ६ सय एन ९५ मास्क र दुई दर्जन बढी थर्मल गन पुर्व शहरी विकास मन्त्री राईले उपलब्ध गराउनु भएको हो ।

पुर्व शहरी विकास मन्त्री राईद्धारा उपलब्ध गराईएका एन ९५ मास्क र थर्मलगनहरुलाई पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुभास खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख एसपी अशोक बम र अनुसन्धान विभागका बाँके प्रमुख कमल भट्टराईलाई हस्तान्तरण गर्नु भयो ।


कोभिड १९ महामारी विरुद्ध सहयोग पुग्ने उदेश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिले नेपालगन्जको अवस्था निकै जटिल बनेकोले जनताको सेवामा खटिनेहरुलाई सहज होस भने मास्क र थर्मल गन वितरण गरिएको बताउनुभयो ।


उहाँले भिडभाड हुने ठाउँमा वा सहरका विभिन्न चोक चोकमा डिउटीमा रहेका सुरक्षाकर्मीले हिडडुल गर्नेहरुको ज्वरो नाप्न सहजता होस भनेर थर्मल गनहरु दिईएको बताउनु भयो ।


स्वास्थ्य सामाग्री बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समुदायमा संक्रमण फैलिएकोले अहिले यस्ता सहयोगले ठुलो काम गर्ने बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो ।


यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जटिल अवस्थामा डिउटीमा खटिने सुरक्षाकर्मीलाई मास्क र थर्मल गनले काम गर्न सहज र सुरक्षित बनाउने विश्वास गर्नुभयो ।
सो हस्तान्तरण कार्यक्रममा पुर्व समाजवादी पार्टीका नेताहरु माजिद अली शेष र फैज हैदरको पनि सहभागिता रहेको थियो ।


यसअघि पनि पुर्वशहरी विकास मन्त्री राईले जिल्लाका सुरक्षा निकाय तथा अस्पतालहरुलाई मास्क, सेनटाइज गर्ने मेसिन र पीपीई वितरण गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »