सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुर्व सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईद्धारा संघियता र गणतन्त्रको रक्षाका लागि सधै तत्पर रहन युवाहरुलाई आग्रह


नेपालगन्ज, पुर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले संघियता र गणतन्त्रको रक्षाका लागि युवाहरु सधैं अग्रसर रहनु पर्ने बताउनु भएको छ ।

उहाँले नेपाली जनताको ठुलो बलिदान र त्यागबाट प्राप्त भएको संघियता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्रहरु निरन्तर भैरहेको र भैरहने हुँदा युवाहरुलाई सचेत रहन आग्रह पनि गर्नुभयो ।


नेपालगन्ज ग्यालरी टु ले बाँकेको अगैयामा आयोजना गरेको बनभोज कार्यक्रममा प्रमुख अतिथि रहनु भएका पुर्व मन्त्री तथा सांसद राईले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको जनाउँदै संघियताको रक्षाका लागि युवाहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सो अवसरमा बाँके क्षेत्र नम्बर २ र समग्र जिल्लाको विकासमा आफुले गरेको योगदानको समेत चर्चा गर्नु भएको थियो ।


बनभोज चलिरहेकै बेला सोही स्थानमा अर्को कार्यक्रममा सरिक रहनु भएका बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथक र संविधानसभाका सदस्य पट्टु थारुले पनि पुर्वमन्त्री राईसंग भेटघाट गर्नु भएको थियो ।

सो अवसरमा सांसद अथकले आफ्नो निर्वाचन क्षेत्रमा आएर बनभोज गरि पर्यटन प्रवद्र्धन गर्नु भएकोमा राई लगायत सम्पूर्ण युवाहरुप्रति आभार प्रकट गर्नु भयो ।
उहाँले अगैयालाई जिल्लाकै रमणीय र उत्कृष्ट पर्यटकस्थल बनाउन डिपिआर तयार गर्ने कार्य भैरहेको पनि सो अवसरमा बताउनुभयो ।


आरिफ इराकी एडमिन रहेको नेपालगन्ज ग्यालरी टु ले आयोजना गरेको सो वनभोजमा नेपालगन्ज लगायत सो वरिपरिका क्षेत्रका युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा युवाहरुविच विभिन्न रमाइलो कार्यक्रमका साथ उनिहरुको सामाजिक दायीत्वका बारेमा पनि छलफल गरिएको जनता समाजवादी पार्टीका युवा नेता श्रवण कुमार यादवले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »