सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्ब समाजबादी पार्टी बाँँकेका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दीन राईद्धारा विद्यालयलाई मास्क र सेनिटाइजर सहयोग


नेपालगन्ज, जनता समाजबादी पार्टी नेपाल बाँँकेका नेता तथा पूर्ब समाजबादी पार्टी बाँँकेका जिल्ला अध्यक्ष मोहम्मद कमरुद्दीन राईले विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि विद्यालयलाई मास्क र सेजिटाइजर प्रदान गर्नु भएको छ ।


बाँकेमा विद्यालयहरु केही दिनभित्रै सञ्चालन हुन लागेकोले विद्यालयमा आउने विपन्न बालबालिकालाई लक्षित गरेर जानकी गाउँपालिका ३ बन्जारे गाउँमा रहेको माध्यामिक विद्यालयलाई ३५० थान मास्क र ३ बोतल सेनिटाइजर प्रदान गरिएको जनता समाजवादी पार्टीका नेता राईले बताउनुभयो ।


उहाँले सो विद्यालयमा अधिकांश विपन्न परिवारका बालबालिकाहरु अध्ययन गरिरहेको जनाउँदै उनिहरुलाई कोरोनाबाट जोगाउन सहयोग पुरयाउने उदेश्यले मास्क र सेनिटाइजर प्रदान गरिएको बताउनुभयो ।

राईद्धारा प्रदान गरिएको सो मास्क र सेनिटाइजर बुझ्दै बन्जारे गाउँ माविका प्रधानाध्यापक आदित्य बर्माले सो सहयोगले कोभिड १९ विरुद्धको लडाईमा विद्यार्थिहरुलाई सहयोग पुग्ने बताउँदै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा सहजता हुने बताउनुभयो ।


उहाँले गरिब तथा विपन्नले मास्क र सेनिटाइजर खरिद गर्न नसक्ने भएकोले उनिहरुलाई मास्क वितरण गरिने र सेनिटाइजर विद्यालयमा प्रयोग गरिने जानकारी गराउनुभयो ।
मास्क र सेनिटाइजर पाएपछि विद्यालय सञ्चालन गर्न सजिलो हुने जनाउँदै प्रधानाध्यापक वर्माले नेता राईलाई सो अवसरमा धन्यवाद पनि दिनुभयो ।


बाँके जिल्लामा गत आठ महिनादेखि बन्द रहेका विद्यालयहरु यसै साताबाट पुनः सञ्चालनमा आउने तयारीमा छन् । विद्यालय सञ्चालनका लागि सबै स्थानीय तहले स्वास्थ्य सुरक्षा मापदण्ड तयार पारेका छन् । सोही सुरक्षा मापदण्डलाई पुरा गरेमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले सबै विद्यालयलाई सुरक्षा मापदण्ड पालना अनिवार्य रुपमा गर्न निर्देशन दिईएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »