सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्वमन्त्री राईले भित्रयाएको हाइमास्ट लाइट जडान योजनाको काम शुरु, ३९ लाइट जडान गरिंदै


नेपालगन्ज, पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जलाई रातीमा झिलिमिली पार्ने उदेश्यले नेपालगञ्ज उप–महानगरपालिकाका विभिन्न चोक चोक तथा अन्य स्थानहरुमा ३९ वटा हाईमाष्ट लाईट जडान गरिन थालिएको छ ।

नगरको वीपीचोकमा जडान गरिएका जस्तै सहरका अन्य ३९ स्थानमा हाईमाष्ट लाईट जडान गर्न लागिएको संघीय सहरी आयोजना कार्यान्वयन ईकाई नेपालगन्जले जनाएको छ ।


बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राई सहरी विकास मन्त्री भएको बेला उहाँले हाइमास्ट लाइट जडानको योजना नेपालगन्ज पठाउनु भएको थियो ।


सहरी विकास मन्त्रालयले संघीय आयोजना कार्यान्वयन ईकाई अन्तर्गत हाइमाष्ट लाईट जडानका लागि तिन करोड रुपियाको बजेट पठाएकोमा हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भईसकेको संघीय आयोजना कार्यान्वयन ईकाईका ईञ्जिनियर होमनाथ भुषालले जानकारी दिनुभयो ।
नेपालगन्जका सबैजसो महत्वपूर्ण स्थानहरुमा हाइमास्ट लाइट जडान गरिने निर्णय भएको जनाउँदै समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईले निवर्तमान सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले आफ्नो निर्वाचन क्षेत्रका लागि सो योजना पठाएको बताउनु भयो ।


यसैविच नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख धवलशम्शेर राणा नेतृत्वको जनप्रतिनिधी र प्राविधिक सहितको एक टोलीले हाईमाष्ट लाईन जडान गरिने क्षेत्रको स्थलगत अनूगमन गरि रेखांकन गरेको बताईएको छ ।


उप–महानगरपालिकाका सबै वडा समेटेर प्रमुख चोकहरुमा हाईमाष्ट लाईट जडान हुने भएको छ । हाईमाष्ट लाईटका लागि टेण्डर भईसकेपछि छिटो काम सुरुवात गराउनका लागि प्राविधिक कर्मचारी र जनप्रतिनिधीहरु समेत सक्रिय भएका छन् ।

हाइमास्ट लाइट जडानको काम असार मसान्तभित्र सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको जानकारी संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयले दिएको छ ।

तत्कालिन शहरी विकास मन्त्री मो ईस्तियाक राईको सक्रियतामा सो योजना नेपालगन्ज उपमहानगरमा पारिएको ईकाईले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »