सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व डिआइजी रमेश खरेल नयाँ पार्टी खोल्दै : भ्रष्टाचारीलाई नछाड्ने घोषणा

भ्रष्टाचारको विरुद्द लामो समयदेखि आवाज उठाउँदै आएका आम नेपाली जनता माझ चिरपरिचित व्यक्ति रमेश खरेलको संयोजकत्वमा नयाँ पार्टी खोल्न लागिएको हो ।

“हाम्रो नेपाल, हामी नेपाली ” भन्ने अभियानलाई बिहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिने तयारी रहेको बताए । यस अभियानलाई नै पार्टीको स्वरूपमा पूर्णतादिने योजना रहेको छ ।यस अभियानले गर्ने काम भनेको भ्रष्टाचार विरोधी अभियान, सुशासन, राष्ट्रहित हुन् । यस अभियानमा रक्षा मन्त्रालयका पूर्व कायममुकायम सचिव देवेन्द्र सिटौला, भ्रस्टाचार विरोधी अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाही आदि हुने छन् ।

यस अभियान सुरु भए यता कोही पनि भ्रष्टचारीलाई नछाड्ने वहाँको भनाई थियो । आफूलाई यस अभियानमा सबैले साथ दिने विस्वस्त रहेको पनि बताए । २०७४ माघ २८ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बढुवा गरेपछि वहाँले राजिनामा दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »