सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीकी चेतावनीः दरबार हत्याकाण्ड बिर्सेकाे छैन

काठमाडौं । ७०औँ प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरी मनाइएको छ। सैनिक मञ्चमा विशिष्ठ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको छ।


सरकारको मूल कार्यक्रम अन्तर्गत सैनिक मञ्चमा सांस्कृतिक झाँकीसहितको विशेष कार्यक्रम मनाइएको हो।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका विशिष्ठ व्यक्तिको उपस्थिति थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले दिएको वक्तव्यप्रति असन्तुष्टि जनाएका छन् । साथै दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु आफूहरुले अझै नभुलेको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले इतिहास र वर्तमान नभुल्न र भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न र सर्वहितकारी प्रजातन्त्रिक धर्म निर्वाह गर्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वराजाको नाम नलिई यो प्रतिगामी सोचहरुको प्रकटीकरण भएको बताए । निर्वाचन आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘केहीकेही मानिसले हामीलाई सल्लाह, सुझाव, उपदेश के दिन खोजेको हो कुन्नि ? यसो सुनिन्छ, भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्दर भविष्यको कुरा गरेर जनताको मनोबल नउठाऊ, विगततिर हेर विगत । यो प्रतिगामी उद्देश्यसहितका सोचहरुको प्रकटीकरण हो ।’

उनले पूर्वजहरुको गौरव र पौरखलाई सम्मान गर्ने तर विगतको नकारात्मक कुरा पनि नभुल्ने बताए । स्मरण शक्ति कमजोर छ, इतिहास भुल्छौं भन्ने सोचेको होला भन्दै प्रधानमन्त्री ओलीले भने, ‘धेरै टाढा जानु पर्दैन, नजिकैका दरबार हत्याकाण्ड जस्ता घटनाहरु अथवा माघ १९ जस्ता काला उद्देश्यका साथ प्रकटीकरण भएका काला दिनहरु सम्झिरहेका छौं । ती दिनहरु पार गरेरै आएका हौं ।’

उनले लोकतन्त्रिक गणतन्त्रको रक्षा, सुदृढिकरण र विस्तार जनस्तरसम्म गर्न चाहेको बताए ।

प्रधानमन्त्री ओलीले जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र तिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारहरुमा छापिन थालेको समेत बताए । ‘जनताको अभिमतबाट होइन, जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने अखबारहरुमा छापिएको छापिए’ उनले भने, ‘अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ, अस्थिरता ल्याउन पाइन्छ भनेर खुशियाली मनाए ।’

लोकतन्त्र जालझेलको नभई जनताको अभिमत प्रकटीकरण गर्ने प्रणाली भएको भन्दै उनले भने, जनताको अभिमतलाई अस्वीकार गर्ने पद्धति लोकतान्त्रिक हुँदैन । जनताको अभिमत स्वीकार गर्नुपर्छ, अनि मात्रै लोकतन्त्र भन्ने हुन्छ ।’

सरकारले देशलाई सुशासन र विकासको बाटोमा अघि बढाएको र समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »