सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व संचारमन्त्री बास्काेटाः ”समस्या अध्यादेशमा होइन, उनीहरुको दोष चश्मामा छ”

काठमाडाैँ । पूर्व संचारमन्त्री गाेकुल बास्काेटा पछिल्लाे समयमा सामाजिक संजालमा सक्रिय देखिएकाे छ । ट्वीटरमा विभिन्न विचारहरू ट्वीट गरेर नेपाली राजनीतिमा एक प्रकारकाे नयाँ तरङ्ग दिइरहेका हुन्छन् ।

शुक्रबार मात्र उहाँले एक-एक मिनेटकाे अन्तरालमा दुई प्रकारका सन्देश ट्वीट गरेका छन् । उहाँकाे पहिलाे ट्वीट यस्ताे छ

”लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुन्छ । जनअनुमोदनलाइ पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित अथवा दल दर्ताका बखतको केन्द्रिय समिति वैधानिक हुने प्रावधान ल्याइएको हो। अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको हो ।”

ट्वीट हेर्दा उहाँले पुर्णरूपमा केपी ओली सरकारकाे पक्षमा लेखेकाे देखिन्छ । यत्ति बेला सरकारले ल्याएकाे अध्यादेशका कारणले देशमा एक प्रकारकाे नयाँ तरङ्ग फैलि रहेकाे छ । याे ट्वीटले पनि नयाँ तरङ्ग नै दिएकाे छ । तर उहाँले त्यसकाे एक मिनेटमा फेरि अर्काे ट्वीटरमा नै पाेष्ट गरेका छन् ।

नेपाली राजनीतिकाे ठुला दलका ठुला नेताहरूकाे मानसिक तरङ्ग सेलाउन नपाउँदै याे खालकाे ट्वीटले साँच्चिकै केहि न केहि नयाँ मान्यता राखेकाे हुन्छ

”राज्यप्रणाली मजबुत बनाउने काम कुन पार्टिको धोक्रोको मुख कति खुकुलो अथवा कसिलो छ भन्ने हेरेर गरिदैन।कसैकसैलाई मध्यरातमा प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने त्यो उनीहरुकै समस्या हो । समस्या अध्यादेशमा होइन, उनीहरुको दोष चश्मामा छ ।”

याे ट्वीटले नेपाली राजनीतिमा के सन्देश दिन खाेजिएकाे हाे भन्ने विष्लेशन सहितकाे परिणाम हेर्न नै बाँकी छन् । तर यसले भन्न खाेजेकाे भित्रि रहस्य अथवा नेपाली राजनीतिमा एक खालकाे नयाँ छलाङकाे दृश्य भने अनुमान गर्न सकिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »