सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व समाजवादी पार्टी बाँकेले बिभिन्न निर्णयहरु निर्णय गरे

नेपालगन्ज, पूर्वसमाजवादी पार्टीले रमजानको शुभकामना आदानप्रदान संगै बिभिन्न निर्णयहरु गरेको छ ।

गत बर्ष जस्तो यसपटक लकडाउनको कारण रमजान लगायत पर्व सामुहिकरुपमा मनाउन नपाएपनि पूर्व समाजवादी पार्टीले सबैलाई शुभकामना दिएको छ ।

आइतबार पूर्व समाजवादी पार्टीका बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राईको संयोजकत्वमा बसेको बैठकले रमजानको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने, जानकी गाउँपालिकामा देखा परेको समस्या समाधानका लागि पहल गर्नेलगायतका निर्णय गरेको छ ।

यस्तै राहत बितरण सम्बन्ध अनुगमन गर्न राजनैतिक संयन्त्र गठन गर्ने बैठकले निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष राईले जानकारी दिनुभयो ।

राहत वितरण सम्बन्धी जिल्ला भरी अनुगमन गर्न र राहत नपाएका गरिब तथा बिपन्न परिवारको खोजी गर्न सात सदस्यीय समिती समेत गठन गरिएको छ ।

जसमा कमरुद्दिन राई संयोजक,राजन राना मगर सह संयोजक, श्रवण यादव, दुर्गा प्रसाद वर्मा, धर्मराज वर्मा, रमारानी बैश्य गुप्ता ,नदिम शाह सदस्य रहेका छन् ।

समिति गठन सँगै समितिका संयोजक कमरुदिन राईले मुस्लिम समाजलाई लकडाउनको पालना गर्दै घरमै नमाज पढ्न आग्रह पनि गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »