सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पेट्रोल लुकाउने मैतिदेवी पेट्रोल पम्पलाई २ लाख रूपैयाँ जरिवाना

सरकारले मौतिदेवी पेट्रोल पम्पलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो । ‘पम्पमा ‘पेट्रोल छैन’ भनेर ट्याग राखिएको थियो । तर, निरीक्षण गर्दा ४ हजार लिटर पेट्रोल मौज्दात रहेको पाइयो,’ विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले भने, ‘पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति १० बजे नै जरिवाना गर्यौं ।’
निगमले पर्याप्त इन्धन पठाएको दाबी गरे पनि बजारमा उपभोत्ताको लाइन छ । केही पम्पहरु बन्द नै छन् । इन्धनका लागिसर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ । अनुगमनको क्रममा उपभोक्ताहरु नाकाबन्दीको बेला भएको न्यून आपूर्तिको त्रासले मौज्दात राख्न थालेकाले आपूर्तिमा समस्या देखिएको मन्त्रीका स्वकीय सचिव हितेश ओझाले बताए ।
इन्धन लुकाउनेलाई कारबाही हुन्छ : निगमआयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही हुने चेतावनी दिएको छ । केही पम्प र उद्योगीहरुले कत्रिम अभाव सिर्जना गराइ उपभोत्तालाई भयभित बनाएको जनाउँदै निगमले कडा कारबाही गर्ने चेतावनी दिएको हो । ‘निगमले आपूर्तिको मात्रा पर्याप्त बढाएको छ ।
यस्तो अवस्थामा उपभोक्तालाई भयावित गराई फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेताको स‍लग्न पाएमा कडा कारबाही गर्ने व्यहोरा आश्वस्त पार्न चाहन्छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »