सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पेशागत सुरक्षाको माग गर्दै शिक्षकहरु आन्दोलनमा

नेपालगञ्ज ,नीजी विद्यालयका शिक्षकहरुले पेशागत सुरक्षाको माग गर्दै आन्दोलन चर्काउने भएका छन् । संस्थागत विद्यालय शिक्षक यूनीयनको नेतृत्वमा भोली देशव्यापी प्रदर्शन गरिदैछ ।

कोरोना संक्रमणको विषम परिस्थितीमा नीजी विद्यालयका शिक्षकहरुलाई तलववीहिन बनाउन खोजीएको भन्दै पेशागत सुरक्षाको सुनिश्चितताको माग गर्दै दवाव दिन लागीएको हो ।

संस्थागत विद्यालय शिक्षक यूनीयन बाँकले आज पत्रकार सम्मेलन गरेर दवावमुलक कार्यक्रमको स्वरुप बारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भोली दिउसो १.३० मा नेपालगञ्ज पुष्ललाल चौकबाट ¥याली निस्कीएर विपी चौकमा समापन गरिदैछ ।

संस्थागत विद्यालय शिक्षक यूनीयन बाँकेका अध्यक्ष गम बहादुर डागरले विद्यालयले शिक्षकको समस्या बारे चासो नराखेको अवस्थामा सरकारले शिक्षकहरुको रोजगारीको सुनिश्चतताको माग गर्नु भयो ।

कुनै पनि वहानामा शिक्षकहरुलाई निस्काशन गर्न नपाईने , शिक्षकहरुलाई सामाजिक कोषामा समावशेश गर्नु पर्ने, शिक्षक कर्मचारीको दुरुस्त लेखाजोखा राख्नु पर्ने लगायतका माग अघि सारिएको छ ।

पत्रकार सम्मेलनमा यूनियका केन्द्रीय उपाध्यक्ष उमेश सापकोटा, केन्द्रीय सदस्य वामदेव वली, जिल्ला वरिष्ठ उपाधयक्ष मुना हमाल, सचिव महेन्द्र शर्मा लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »