सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पैसा असुल्ने लोभमा पुनः अपरेशन गराउदा प्रसुती महिलाको मृत्युु

महेश सिंह / सिरहा

सिरहाको लहान स्थित एक पोलिक्लिनिकमा प्रसुती महिलाको मृत्यु भएको छ । शुक्रवार बिहान लहान स्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको डाक्टरको लापरबाहीले ज्यान गएको हो।

मृतक महिला सप्तरीको खडग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुन हुन्। उनको २५ दिनअघि लिलामदनमै अपरेशन गरीएको पारिवारिक स्रोतले जनाएका छन ।

अपरेशनको दुई वटा टाँका चुडेपछी खातुनलाई पीडा भएको थियो । त्यसपछी पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गर्न लगाएको परिवारजनको आरोप रहेको छ । उनीहरुले दोस्रोपटक अपरेसनमा भएको लापरबाहीले खातुनको ज्यान गएको दाबि गर्दै आएका छन् । खातुनको मृत्यु लगत्तै क्लीनिकका डाक्टर डा. दिलिप साह टाप ठोकेका थिए । अहिले उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए ।

घटना लगतै पोलिक्लिनिकका संचालक पीडित परिवारलाई मिलाउने कसरतमा लागेको एक गोप्य स्रोतले बताएका छन । अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेका थिए । अहिले अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापाले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »