सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पैसा सडकमा फालेर भागिन् दुई महिला, काेराेना भाइरसकाे आशंका

काेराेना भाइरसबाट परिवार बचाउन नसकेपछि पैसा सडकमा फालेकाे केही घट्ना भने सुनेकाे थियाे तर नेपालमा पनि त्यस्ते मिल्दाेजुल्दाे घट्ना देख्न थाल्याे । घट्ना हाे, जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोककाे सडकमा शुक्रबार दुई महिलाले नेपाली रुपैयाँका नोट छरेर भागेपछि प्रहरी आश्चर्यचकित भएको छ।

ती नोटमा कोरोना भाइरस रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

धनुषा ल्लिा प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ती महिलाले फालेका नोट प्रहरीले बरामद गरेको छ।

बरामद गरिएका नोटलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ।

प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ। रासस

भर्खरै

सम्बन्धित खबर

Language »