सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोखरामा भयानक कार दुर्घटना: एकको मृत्यु

पोखरा । पोखरामा शुक्रबार भएको एउटा भ’यानक कार दुर्घटनामा एक महिलाको ज्यान गएको छ । पोखरा-१७ छोरेपाटनमा ग २ च ७७६३ नम्बरको कार दुर्घटना हुँदा सोही ठाउँ बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृ’त्यु भएको हो ।कारमा चालकसहित ५ जना सवार थिए । अन्य तीन जनाको अवस्था सामान्य रहेपनि ४ वर्षीया बालक अशिम थापा मगरको अवस्था ग’म्भीर छ । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।कारमा मृ’तक क्षेत्री, बालक अशिमसँगै अन्दाजी ३ वर्षीया बालिका रेबिका क्षेत्री, २१ वर्षीया बिना थापा मगर र चालक २८ वर्षका शिव पाण्डे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

मृतक क्षेत्री र बालिका आमाछोरी हुन् । चालक पाण्डे गुल्मीका हुन् । यस्तै तनहुँ घर भएकी बिना पोखरा बस्दै आएकी छन् । कारमा सवार सबै छोरेपाटन बस्दै आएका छन् ।प्रारम्भिक अनुसन्धानमा दुवै युवती र चालक पोखराकै एक दोहोरीमा काम गर्ने सहकर्मी रहेको बुझिएको छ । पोखरा-२२ भ्याग्लुङ खोलाबाट छोरेपाटन फर्कँदै गरेको कार सडकमै प’ल्टिएको थियो ।चालकले मा’पसे गरेको र गति ती’व्र भएकाले दु’र्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय, कास्कीका प्रमुख सन्तोष रोकाले जानकारी दिए । दुर्घटना भएको ठाउँमा ट’र्निङ थियो ।

चालकले त्यो टर्निङ कटाउन खोज्दा भित्तामा गएर ठोक्किएर सडकमा नै गाडी पल्टिएछ । घटनास्थल पुगेका प्रमुख रोकाले बताए । मेडिकल परीक्षणमा चालकले मापसे गरेको पाइएको छ । दुर्घटनामा परेको कारमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । चालक पाण्डे वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »