सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोखरामा संक्रमितको शव व्यवस्थापनमा अवरोध,८ राउण्ड हवाई फायर

पोखरा / ११ असार

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापनमा पोखराका स्थानीयले अवरोध गरेका छन्। अवरोधकै बीच नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।

गए राति पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाको आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो।
उनको शव पोखरा महानगरपालिका वडा नम्बर ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने निर्णय महानगरले गरेको थियो।

तर, स्थानीयले सो स्थानमा शव व्यवस्थापन गर्न नहुने भन्दै टायर बालेर बाटो अवरुद्ध गर्ने प्रयास गरेका थिए।प्रहरीले बाटो खाली गर्ने क्रममा बलसमेत प्रयोग गर्नुपरेको थियो।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तर्साउन प्रहरीले हवाई फायर गरेको छ। पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेका छन्। सशस्त्रको गाडीको सिसा फुटेको छ। प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको छ।

शव गाड्न डोजरले खाल्डो खन्न लाग्दा स्थानीयले अवरोध गरेपछि ८ राउन्ड हवाई फायर गर्नुपरेको कास्की प्रहरीका प्रवत्ता डीएसपी सुवास हमालले बताए।

स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए। उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री छैन।

भर्खरै

सम्बन्धित खबर

Language »