सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं बार्षिक साधारणसभा बाट नेता बर्षमान पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । माओवादी आन्दोलनको एक खम्बा तथा बरिष्ठ कम्युनिष्ट नेता पोष्ट बहादुर बोगटीको सम्झनामा सामाजिक रुपान्तरणको लक्ष्यसहित स्थापना भएको पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं साधारणसभा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेको अध्यक्षता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड)को प्रमुख आतिथ्य तथा माओवादी केन्द्रका बरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाले बार्षिक प्रतिबेदन, आर्थिक बर्ष २०७९/८० को आर्थिक प्रतिबेदन, नीति कार्यक्रम पारित गरिनुका साथै माआवादी नेता बर्षमान पुन (अनन्त) को अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्य समिति निर्बिरोध निर्बाचित गरेको छ ।
प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा श्रीकृष्ण अधिकारी विवेक, महासचिवमा निर्मल आचार्य, कोषाध्यक्षमा रुद्र ढुंगेल, सदस्यहरुमा राममाया बोगटी, ज्ञानु बस्नेत सुवेदी, राम कुमारी चौधरी, राम प्रसाद सापकोटा र रामशरण पौडेल गरि ९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय थिए ।
२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयाघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।
बोगटीका एक मात्र छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए । प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »