सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोस्टमार्टम बिना अन्त्यष्टि,अन्तिममा गठन भयो छानबिन समिति

धनुषाको हंशपूर नगरपालिका-७ पर्साहीमा राजु सदाको ९असार बिहान ४ बजे प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा झाडापखाला लागेर मृत्यु भएको थियो ।

जातीय विभेद गरी आइसोलेशनमा भएकै बेला मुसहर जाती भएका कारण आइसोलेशनको कोठामा बस्न नदिइकन राजु सदा सहित १५ जनालाई आइसोलेशनको छतमा राखिएको थियो । कहिले घाम त कहिले झरी छतमै बसिरहँदा राजु बिरामी भए । आइसोलेशनमा झाडापखालाले छट्पटाइरहेका उनलाई त्यहाँक स्वास्थ्यकर्मीले जीवनजल धरी दिने चेष्टा गरेनन् । न त नजिकै गएर औषधि उपचार गर्न माने ।

१६ बर्षिय छोराको ज्यान जोगाउन दुई सातादेखि २५ हजार ऋण निकालेर दौडधुप गरिरहेका पिता अशेश्वरको प्रयास असफल भयो । किनकी राजुको उपचार गर्न धेरै ढिलो भइसकेको थियो । २५ हजार मध्ये २१ हजार उपचार खर्चमा सकेको र बाँकी ४ हजार पनि शव पुर्याउन आउने एम्बुलेन्सले लिएको उनको भनाइ छ । राजुको मृत्यु पश्चात बिना पोस्टमार्टम नगरपालिकाको शव गृहमा अन्त्यष्टि गरियो ।

१६ बर्षिय कलकलाउदो छोरा गुमाउँदाको पिडा त छँदैछ तर मृत्यु पछि तिन दिनमा गरिने अन्न ग्रहण गर्ने संस्कार गर्न उनीसँग एक माना चामल पनि थिएन । गाउँकै जहाँ उनी मजदुर गर्छन शैलेन्द्रले १० किलोग्राम चामल र दाल दिएपछि उनले यो चलिआएको रित निभाए । राजु सदाका आमा निलम अहिले पनि बेहोसी अवस्थामै छन् ।

छानबीन समिति गठन

सामाजिक विकास मन्त्रालय प्रदेश-२ ले बिहीबार तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनमा छानबिन समिति गठन गरेको हो ।

प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक हरिचन्द्र शाहको नेतृत्वमा गठन गरिएको छानबिन समितिमा सामाजिक विकास मन्त्रालयका अस्पताल विकासका चिकित्सक सेवा महाशाखा प्रमुख नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन उपसचिव दिलिपकुमार प्रधान सदस्य रहेका छन् । समितिलाई घटनाको छानबिन गर्न सात दिनको म्याद दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »