सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रचण्डलाई झाप्पु हान्ने पदम फेरी पक्राउ

७ बर्ष अघि तत्कालिन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि थप्पड हान्ने पदम कुँवर पक्राउ परेका हुन् ।

नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमति बिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछपछि लागि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गा राज रेग्मीले जानकारी दिनुभयो । सोधपुछका क्रममा कुँवरले नेताहरुले देश बिगारेका कारण शौचालयमा जाने बाहानामा संसद भवनभित्र पसेको बयान दिएको स्रोतले जानकारी दियो । बाग्लुङका कुँवरले २०५९ मंसिरमा प्रचन्डलाई थप्पड हानेका थिए ।

प्रचण्डलाई थप्पड हानेपछि चर्चामा आएका कुँवर पछि धरौटीमा रिहा भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »