सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रचण्ड को शुरक्षामा पुर्व जनमुक्ति सेना को टीम

काठमाण्डौ । सरकार ले पुर्व भिआईपि हरुको शुरक्षामा खटीएका  शुरक्षाकर्मी  लाई फिर्ता  बोलाउने निर्णय  गरे पछि नेकपा का अध्यक्ष समेत रहेका  पुष्प कमल दाहाल ‘प्रचण्ड’को शुरक्षा  को  जिम्मा पुर्व जनमुक्ति सेना  ले लिने  भएको छ  ।

प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डे प्रलोक को नेतृत्वमा पूर्वलडाकुको टोली खटिएको हो । पाण्डे नेतृत्वको टोलीमा ६ जना खटिएको सन्तु दराई परवानाले बताएका  छन्।

यसअघि सरकारी सुरक्षाकर्मी तैनाथ भएका बेला पनि परवाना लामो समयदेखि प्रचण्डको सुरक्षामा खटिदै आएका थिए । उनी पूर्वजनमुक्ति सेनाका डिभिजन कमाण्डर हुन् ।

पाण्डे भने स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । माओवादी शान्ति प्रकृया मा  आएपछि  हेर्डक्वाटर को शुरक्षा  को जिम्मा लिनेमा  प्रलोक  पनि  एक  सदस्यको रुपमा  कार्य  गरीसकेको हुनाले अहिलेको  जिम्बेवारी पनि उनैलाई दिएको  बुझिएको  छ  । प्रलोक जनयुद्ध  काल का  एक  कुशल कमाण्डर पनि हुन्।

यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »