सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रतिनिधिसभाको नवनिर्वाचित सभामुख देवराज घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले बोली र व्यवहार दुवैमा निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि संसद्‌ भवनबाट बाहिरिने क्रममा घिमिरेले सभामुखको रुपमा आफूले निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका हुन् ।

‘सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको छ, त्यो अभ्यासबाट म निर्वाचित भएको छु, सभामुखको भूमिकामा राम्रो भूमिका निभाउनेछु,’ उनले भने, ‘त्यहीअनुसार योजनाहरू बनाएर काम गर्नेछु । निष्पक्ष र तटस्थ भूमिकामा मेरो बोली र व्यवहार देख्नुहुनेछ ।’

उनले विगतमा सभामुखहरूले गरेका कमजोरीहरूबाट शिक्षा लिएर अघि बढ्ने बताए । ‘यो दलीय व्यवस्था हो । दलहरूसँग छलफल गरेर, समन्वय गरेर नै अघि जाने हो,’ उनले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »