सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित : यो परिपाटी कहिलेसम्म ?

संसद बैठकमा हाजिर गरेर सांसद बाहिरिने क्रम बिहीबार पनि जारी रह्यो । बिहीबारको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । यसअघि मंगलबार सांसदहरू हाजिर लगाएर संसदबाट बाहिरिएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो ।

तीन दिनमा दोस्रो पटक प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेर स्थगित भएको हो। बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या थिएन। कांग्रेस सांसद देवप्रसाद तिमिल्सिनाले गणपूरक संख्या नभएको भन्दै नियमापत्ति गरेका थिए।

तिमिल्सिनाको नियमापत्तिपछि सांसदको संख्या गणना गर्दा ५८ जना मात्रै उपस्थित थिए। कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्नेमा संवैधानिक व्यवस्था छ।

बिहीबार उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा ५८ सांसदको मात्र उपस्थिति थियो।

प्रतिनिधिसभाको अर्को बेठक फागुन १८ गते बस्‍नेछ।

भर्खरै

सम्बन्धित खबर

Language »