सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा सख्त घाइते

धनगढी। सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएकी छिन् । धनगढीस्थित बुद्ध चोकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टका अनुसार प्रदेश सांसद थापा धनगढीबाट जुगेडातर्फ जाँदै गरेका बेला पछाडीबाट अर्को मोटरसाइकलले ठक्कर दिएपछि लडेर घाइते भएकी हुन् । उनको टाउकोमा गहिरो चोट लागेको र अवस्था चिन्ताजनक रहेको कांग्रेस सांसद भरतबहादुर खड्काले बताए ।

हाल धनगढीस्थित मायामेट्रो अस्पतालमा उनको उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको सांसद खड्काले बताए । ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसकेको डिएसपी बिष्टले बताए ।

अछाम घर भएकी प्रदेशसभा सदस्य थापा कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »