सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश मन्त्री नेपालद्वारा उद्यमीलाई अनुदानमा मेसिन (उपकरण) हस्तान्तरण

२३ असार । घरेलु उद्योग प्रवद्र्धन अन्तर्गत सिन्धुपाल्चोकका ६१ जना उद्यमीहरुलाई प्रविधि(उद्योग संचालनका लागि आवस्यक उपकरण) हस्तान्तरण गरिएको छ । बुधबार जिल्ला सदरमुकाम चौतारामा एक कार्यक्रम गर्दै बागमती प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले उद्यमीहरुलाई प्रविधि हस्तान्तरण अन्तर्गत आवस्यक मेसिन र उपकरण हस्तान्तरण गर्नुभयो । 
प्रदेश सरकारको घरेलु उद्योग प्रवद्र्धन र विकासको योजना अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय मार्फत मेसिन उपकरण वितरण गरिएको हो ।  उद्योग व्यवसायको प्रकृति हेरी उनीहरुलाई डीप फ्रीज, जेनेरेटर, डीस्क घट्ट, जुकी मेसिन लगायत विभिन्न १२ प्रकारका उपकरण हस्तान्तरण  गरिएको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामशरण गौतमले जानकारी दिनुभयो ।
प्रदेश सरकारबाट उद्यम व्यवसाय अघि बढाउन आवस्यक मेसिन उपकरण पाएपछि उद्यमीहरु खुसी भएका छन् । २०  प्रतिशत साझेदारीमा ८० प्रतिशत अनुदानस्वरुप  अत्यावस्यक उपकरण पाउँदा घरेलु तथा साना उद्योगका उद्यमीहरु प्रफुल्ल देखिन्थे । प्रविधि हस्तान्तरणका क्रममा मन्त्री सरेश नेपालको हातबाट डीस्क घट्ट पाएपछि साना उद्यमीहरुसँग सरकार साथमै छ भन्ने महसुस भएको बलेफी गाउँपालिका २ का सुमनकुमार थापाले बताउनुभयो । फलाम वाइलिङको काम गर्दै आएका चौतारा साँगाचोकगढी नगरपालिकाका प्रेमबहादुर कामीले अनुदानमा जेनेरेटर पाएपछि उद्यमलाई अघि बढाउन सजिलो हुने बिश्वास ब्यक्त गर्नुभयो ।  
उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गर्दै प्रदेश सरकारका मन्त्री नेपालले सीप विकास र उद्यमबाट जनताको जीवनस्तर उकास्नुपर्नेमा जोड दिनुभयो । ‘उद्यम गर्न चाहनेलाई सीप र तालिम दिएर उनीहरुलाई उत्पादनसँग जोड्नुपर्नेछ’ मन्त्री नेपालले भन्नुभयो, ‘स्थानीय सरकार र घरेलु तथा साना उद्योग कार्यलयले अब त्यतातर्फ ध्यान केन्द्रित गरोस, प्रदेश सरकार तपाइँहरुको साथमा छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »