सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश १ का प्रमुख राजनीतिक दलले लकडाउनको पालना गर्न प्रदेशवासीलाई आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्न चारबुँदे निर्णय गरेका छन् ।

राजनीतिक दलले लकडाउनबाट उत्पन्न परिस्थितिबारे चारबुँदे निर्णय गरेका हुन् । जसमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरूबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने र अस्पतालहरूलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति सञ्चालन गर्न अनुरोध गर्ने, लकडाउनका कारण उत्पन्न हुन सक्ने अत्यावश्यक खाद्यान्न, तरकारी, खाना पकाउने इन्धनलगायतको उपलब्धता र निम्न आय भएका, आधारभूत जनता र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकपमता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

कोरोना भाईरसको संक्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनमा समेत केही मानिस साँझको समय बिनाउद्देश्य हिँडडुल गर्ने तथा लकडाउन उल्लंघन गरेको पाइएकाले लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न गराउन सरकारलाई अनुरोध गर्ने र प्रदेशवासी जनतालाई सबै राजनीतिक दलहरूले अपिल गर्ने निर्णय गरेका छन् ।

प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन, आइसोलेटेड अस्पतालहरू, कोरोना विशेष अस्पतालहरूमा भएका काम कारबाहीहरूको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने त्यस्तो अनुगमनबाट प्राप्त सूचनाहरूको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने दलको निर्णय छ ।

बैठकपछि दलका तर्फबाट नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, डिगबहादुर लिम्बू सभापति नेपाली कांग्रेस मोरङ र राजीव कोइराला प्रमुख विपक्षी कांग्रेस, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, अशोक चेम्जोङ महासचिव संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राजकुमार यादव उपाध्यक्ष समाजवादी पार्टी प्रदेश उपाध्यक्षले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »