सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश १ का मुख्य न्यायाधीवक्ता र उनका परिवारमा कोरोना पुष्टि

विराटनगर। प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्य सहित विराटनगरमा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

न्यायाधीवक्ता सहित उनकी पत्नी र छोरालाईसमेत कोरोना पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश प्रहरी कार्यालय विराटनगरका थप ७ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

प्रदेश १ मा उच्च ओहोदामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सवैको कोशी अस्पताललको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सो अस्पतालले जनाएको छ ।

यसरी उच्च ओहोदाका व्यक्तिमा कोरोना संक्रमण भएपछि विराटनगरमा कोरोनाको अवस्था भयावह भएको पाइन्छ ।

सरकारका उच्च ओहोदाका संक्रमित व्यक्तिसँग धेरै जना सरकारका पधादिकारीहरु सम्पर्कमा आएको हुन सक्ने भएकाले सम्पर्कमा आएकाहरुको पनि पीसीआर टेष्ट गर्नुपर्ने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »