सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार गर्दा लाग्ने सबै खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ । संक्रमित वा तिनका परिवारले उपचारबापतको खर्च तिर्नुपर्ने छैन ।

प्रदेश सरकारले व्यवस्थापन गरेका सरकारी अस्पतालहरुमा उपचार गर्न आउने बिरामीले शुल्क तिर्नु नपर्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीले सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पूरा गरेका निजी अस्पतालमा शुल्क बुझाउन सक्ने नागरिकले कोरोना परीक्षण गर्ने र उपचार सेवा लिन सक्ने बताएका छन् ।

विराटनगरमा निजी क्षेत्रका नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल र न्युरो अस्पतालले कोरोना परीक्षण तथा उपचार सेवा सुरु गरिसकेका छन् ।

प्रदेश १ सरकारले लकडाउन हुनुअघि नै विराटनगरमा कोरोना संक्रमितको उपचार गर्न कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्‍चालनमा ल्याएको थियो ।
पहिलोपटक उदयपुरको भुल्केमा १२ जनामा संक्रमण पुष्टि हुँदा कोसीमा ल्याई उपचार गरिएको थियो । पहिले लक्षणविहीनलाई समेत उपचार गर्ने गरिएकामा कोसीमा अहिले लक्षणसहितका बिरामीलाई मात्र उपचार गर्न थालिएको छ ।

प्रदेश १ मा हालसम्म १३ हजार ९८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ हजार ४० जना उपचारपछि डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या सात हजार ८ सय १२ छ । कोरोना संक्रमणबाट प्रदेशमा १ मा १३६ जनाको मृत्यु भइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »