सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश १ सरकारले १० कराेडकाे काेराेना राेकथाम सुरक्षा काेष खडा

विराटनगर । काेराेना भाइरस नियन्त्रण गर्नका लागि प्रदेश १ काे सरकारले १० कराेडकाे सुरक्षा काेष खडा गर्ने निर्णय गरेकाे छ ।
प्राप्त जानकारी अनुसार मंगलबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले जनसुरक्षा काेष खडा गरी प्रदेश सरकारकाे तर्फबाट १० कराेड रकम जम्मा गरेकाे छ ।

उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेस्क स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेस्कमा कोरोना सम्बन्धी सूचनाहरु उपलब्ध गराउने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »