सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश २ को नामकरण ‘मिथिला भोजपुरा’ अस्वीकृत

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा मंगलबार भएको मतदानमा नेपाली कांग्रेसले अघि सारेको प्रदेशको नाम ‘मिथिला भोजपुरा’ समेत अस्वीकृत भएको छ। यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अघि सारेको प्रदेशको नाम ‘जानकी’ अस्वीकृत भएको थियो।

कांग्रेसले अघि सारेको मिथिला भोजपुरा प्रस्तावको पक्षमा २८ मतमात्र परेको हो। यसअघि नेकपाको प्रस्तावमा भएको मतदानको पक्षमा ३७ मत मात्र परेको थियो। एक सय ७ प्रदेशसभा सदस्यमध्ये नेकपाको पक्षमा ३७ ले मात्र मतदान गरेका हुन् भने कांग्रेसको प्रस्तावमा २८ जनाले मात्र मतदान गरेका छन्।

प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन प्रदेशसभामा मतदान सुरु भएको हो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश गर्ने सहमति भएको थियो। राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ।

नामबारे फरक–फरक धारणा भएपछि मतदान भएको हो। नेकपाको जानकी र कांग्रेसको मिथिला भोजपुरा अस्वीकृत भएपछि अब समाजवादी र नेकपाकै केही सांसदले अघि सारेको ‘मध्य मधेस’को नाममा मतदान हुँदैछ।

समाजवादीले अघि सरेको प्रस्तावसमेत अस्वीकृत भएमा राजपाले अघि सारेको मधेश प्रदेश माथि मतदान हुनेछ। प्रदेश २ को प्रदेशसभामा १०७ सांसद छन्। सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छ।

नाम र राजधानी प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था छ।

भर्खरै

सम्बन्धित खबर

Language »