सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश ३ काे ”हेटाैंडा” राजधानी बहुमतले अस्वीकार

हेटौंडा । हेटौंडामामा जारी प्रदेश ३ नेकपाको संसदीय दलको बैठकमा राजधानी र नामकरणको विषयमा छलफल भैरहेको छ । सचिवालयको निर्णयमा व्यपक असुन्तुष्ठि देखिएपछि सहमति खोज्न डाकिएको उक्त बैठकमा छलफल भएकाे प्रदेश सांसद रत्न ढकालले जानकारी दिनुभएकाे छ ।

प्रदेश ३ को राजधानी र नामकरणको विषय टुंगो लगाउन बोलाइएको बैठकमा हेटौंडा राजधानी बनाउने नेकपा सचिवालयको प्रस्तावमाथि मिश्रित प्रतिक्रिया आएपनि बहुमत सांसदहरुले उक्त निर्णय सच्याउनुपर्ने मत राखेको उहाँले सारा खबरलाइ बताउनु भयाे

प्रदेश ३ का सांसद ढकालका अनुसार अहिले बैठक जारी छ । मिश्रित प्रतिक्रिया आइरहेको छ । केहि सांसदहरुले पार्टीको निर्णय मानेर जानुपर्छ भन्ने मत राख्नुभएको छ । तर बहुमत सांसदहरुले पार्टीले हेटौंडालाई स्थायी राजधानी कायम गर्ने निर्णय अवैज्ञानिक भएका कारण सच्याउनुपर्ने धारणा राख्नुभएको छ ।

हेटौंडा राजधानी राख्ने विषयमा असहमति जनाउने सांसदहरुले केहि दिनमा चल्ने प्रदेशसभा बैठकमा लिखित रुपमै प्रस्ताव लाने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »