सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी पारित

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीका पालिकाहरू छोएको राप्ति नदीको किनार देउखुरी उपत्यका राख्ने प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ। 

मंगलबार भएको मतदानमा प्रदेशसभाका बहुमत सदस्यले सरकारले प्रस्ताव गरेको राजधानीकै पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो। 

प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा र ६९ मत र विपक्षमा १३ मत परेको थियो। प्रदेशसभामा भएका कुल ८७ जना सांसदमध्ये मतदानमा ८२ जनाले भाग लिएका थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो।  

सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्विप नै जारी गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »