सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्तावमा आज मतदान हुने

काठमाडौँ । प्रदेश ५ को राजधानी दाङको देउखुरी सार्ने प्रस्तावका विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

मंगलबार बस्ने प्रदेश सभाको बैठकमा राजधानी रहने स्थान र त्यसको नामबारे मतदान हुँदै छ।

प्रदेश सरकारले संसदमा पेस गरेको उक्त प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय संसदीय दलले गरेको कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।

प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो। प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको छ। नामबारे भने कांग्रेसको असहमति नरहेको कनौडियाले जनाए।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेस गरेपछि सोमबार त्यसबारे ७ सांसदले धारणा राखिसकेका छन्।

मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफ सोमबारै दिइसकेका छन्। यसै क्रममा हिजो sf+ग्रेस र समाजवादीका पार्टीका सांसदले प्रदेशसभामा कुर्सी, टेबल र माइक तोडफोड समेत गरेका थिए।

सभामुख पूर्णबहादुर घर्तीले प्रस्तावका संशोधन हाल्न सांसदलाई १८ घण्टाको समय दिएका थिए। आज दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारे मतदान हुने कार्यतालिका संसद सचिवालयले बनाएको बुझिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »