सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश ५ सरकारको तोक्यो सलह किराको मूल्य : प्रतिकिलो २० रुपैयाँ

बुटवल / १३ असार
पाँच नम्बर प्रदेश सरकारले भारतबाट नेपाल भित्रिएको सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले सलह मारेर ल्याउने जो कोहीले प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य तोकेको हो ।

प्रदेश ५ मा सलह भित्रिएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सचिव र स्थानीय तहका जनप्रतिनिधिसहितको आकस्मिक बैठक बसेको थियो । बैठकले सलह फैलिएको क्षेत्रमा विषादी छर्ने व्यवस्था गरेको छ । धानको ब्याड जोगाउन प्लाष्टिक, झुलले भए पनि छोपेर राख्न किसानलाई आग्रह समेत गरेको छ ।

किसानले किरा मारेर बुझाए प्रतिकिलो २० रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले बताए । ‘पाकिस्तानले यही मोडल अपनाएर क्षति कम गर्न सफल भएको रहेछ, हामीले पनि त्यही उपाय अवलम्बन गरेका छौं’, उनले भने । मन्त्रालयको निर्णय बमोजिम नगरपालिकाले किसानलाई सार्वजनिक आह्वान गर्दै विषादी छर्ने तरिका समेतको सूचना प्रवाह गरेका छन् ।

सलहका अहिलेको मौसम प्रतिकुल रहेको छ । उच्च गर्मी अथवा मरुभूमि जस्तो वालुवा भएको क्षेत्रमा यो किराले अण्डा उत्पादन र सन्तान बृद्धि गर्छ । प्रवक्ता घिमिरेले भने–‘हाम्रो क्षेत्रमा वर्षा भइरहेकाले यसले सन्तान बृद्धि गर्न सक्दैन ।’ सन्तान उत्पादन गर्न नसके धेरै क्षति नहुने अनुमान उनले गरे ।

सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ ।

मालाथियान ३ एमएल १ लिटर पानीमा वा क्लोरोपाइरीफस नामक विषादी २ एमएल प्रतिलिटर पानीमा घोली किरामा पर्ने गरी स्प्रे गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »