सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्रीलाई धपेडी भएपछी नेकपा सचिवालय बैठक अचानक स्थगित

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित भएको हो ।

प्रधानमन्त्रीज्यूलाई धेरै धपेडी भएकाले आजको बैठक स्थगित भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।। अपरान्ह ४ बजेका लागि डाकिएको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पारित गर्ने/नगर्ने विषयमा छलफल हुने बताइएको थियो।

नेकपामा एमसीसीको विवाद पेचिलो बन्दै गएको बेला बैठक दोस्रो पटक स्थगित भएको हो । दुवै अध्यक्षबीच छलफल पछिमात्र अब बैठकको मिति तय हुने स्रोतले जनाएको छ । नेकपा सचिवालयका बहुसंख्यक नेता एमसीसी पास गर्न नहुने पक्षमा छन् । यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »