सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओलीद्वारा काभ्रेमा ‘जननेता स्वर्गीय मदन स्मृति पार्क’ को उद्घाटन (भिडियाे सहित)

काभ्रे। प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेकाे धुलिखेलमा सम्पन्न मदन स्मृति पार्ककाे उद्घाटन गर्दै मुलुक समृद्धितर्फ अगाडी बढिसकेको बताउनुभएको छ ।

काभ्रेको धुलिखेलमा आज ‘धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवस तथा जननेता स्वर्गीय मदन भण्डारीको शालिक अनावरण तथा मदन स्मृति पार्क’ को उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले विकासको गति तिब्र रुपमा अगाडी बढाईसकेकोले मुलुकमा अब युगान्तकारी परिवर्तन हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले ८८ प्रतिशत घरमा केन्द्रीय बिद्युत लाइन पुगेको जानकारी दिनुहुँदै अबको दुई बर्षमा बाँकी १२ प्रतिशत जनताको घरमा बिद्युत पु¥याउने गरी काम भईरहेको बताउनुभयो । उहाँले अब काठमाडौं बासिन्दाले मेलम्ची खानेपानी छिट्टै उपभोग गर्नु पाउने बताउनुभयो ।
सो अवसरमा उहाँले ७७ वटा नै जिल्लामा फोरजी सृेवा पु¥याईसकेको उल्लेख गर्नुहुँदै आधुनिक सूचना प्रविधिको प्रयोग गरेर मुलुकलाई डिजिटल नेपाल बनाउने नीति सरकारले लिएको र त्यो कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । ‘देशले विकासको सिंढी चढीरहेको छ, हरेक दिन युगान्तकारी विकासका कामलाई सरकारले अगाडि बढाएको छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘एउटा नयाँ युगको प्रारम्भ गरेका छौँ ।’


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिङ्गो देश परिवर्तनको दिशामा अगाडि बढिसकेको उल्लेख गर्नुहुँदै विकास, प्रगती, न्याय र समानताका साथ सरकार अगाडि बढिरहेको बताउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले धुलिखेल नगरपालिकाले सबै क्षेत्रलाई समेटेर विकास अगाडि बढाएकोमा खुशी ब्यक्त गर्नुहुँदै प्रशंसा गर्नुभयो ।

धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जू श्रेष्ठले धुलिखेल नगरपालिकालाई २० बर्ष भित्रमा नेपालकै नमुना नगरपालिका बनाउने गरी काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धुलिखेल नगरपालिका र बागमती प्रदेशको संयूक्त लगानीमा निर्माण भएको स्वर्गीय मदन भण्डारी स्मृती पार्कको उद्घाटन गर्नुका साथै धुलिखेल नगरपालिका वडा नं। ३, ४, ५, ६ र ७ लाई बालमैत्री वडा घोषणा गर्नुभएको छ ।

भिडियाेका लागि

भर्खरै

सम्बन्धित खबर

Language »