सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री केपी ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्ने १६ चिकित्सक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वदेशमै सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ६९ वर्षीय प्रधानमन्त्री ओलीको सफलतापूर्वक दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि २०६४ सालमा भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ जना चिकित्सक सहभागी थिए। शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले मिर्गौला प्रत्यारोपणको शल्यक्रियामा संलग्न सबै चिकित्सक र कर्मचारीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक सहभागी भएका थिए।

सँगै अस्पतालमा कार्यरत सम्बनिधत विभागका नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारी संलग्न भएको कार्यकारी निर्देशक खड्गाले जानकारी दिए। मिर्गौला दान गर्ने समीक्षा संग्रौलासँग प्रधानमन्त्री केपी ओली ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको नाम विज्ञप्तिमा जस्ताको तस्तै :

भर्खरै

सम्बन्धित खबर

Language »