सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री देउवालाई मन्त्रालय भागबन्डामा सकस, जसपाको कम्तीमा ७ मन्त्रालय पाउनुपर्ने दाबी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डा गर्न सकस परेता पनि मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका नेता माधवकुमार नेपालसँग माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले बेग्ला बेग्लै भेट गरेका छन् ।

एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने र नेताहरूले आन्तरिक व्यवस्थापनको समस्या देखाएर मन्त्रालयको संख्यामा बार्गेनिङ गर्न थालेपछि सकस परेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

आज विहानै माधव नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका थिए । प्रचण्ड र माधव नेपालबीच करीव पौने घण्टा छलफल भए लगत्तै उपेन्द्र यादव पुगेका हुन् ।

प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेका मधव नपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ ।

मन्त्रालय भागबण्डा र विशेष गरी माधव पक्षलाई सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भएको बताइएको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच २५ वटा मन्त्रालयलाई चारवटा समूहमा राखेर भागबन्डा गर्ने सैद्धान्तिक समझदारी बनेको छ । जसपा नेता डम्बर खतिवडाका अनुसार शक्तिशाली, विकास र सामाजिक समूहका मन्त्रालयमध्ये गठबन्धन दलहरूबीच कम्तीमा एक, एकवटा भागबन्डा गर्ने सैद्धान्तिक छलफल भएको छ ।

राजनीतिक भागबन्डामा सहमत भएता पनि माधव नेपाल पक्ष अहिले नै सरकारमा जाने निर्णय नभएको विशेष स्रोतबाट जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवालाई पाँचदलको गठबन्दन सरकारले आउँदो चुनावसम्म साथ दिन्छ कि दिदैन भन्ने आशंका छन् तर पनि सबैलाई मिलाएर लैजाने पक्षमा छन् ।

सत्ता गठबन्धनमध्ये एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सत्ताको मुख्य घटक माओवादीले सरकारको नेतृत्व कांग्रेसले गरेकाले मन्त्रालय भागबन्डामा बराबरी हैसियत हुनुपर्ने अडान राखेको छ । ठाकुर पक्ष पनि सरकारमा सहभागी हुँदा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई कति मन्त्रालय दिने भन्ने अन्योल छ । यादवपक्षीय नेता खतिवडाले एमालेको नेपाल समूह सरकारमा सहभागी नहुँदा जसपाले कम्तीमा ७ मन्त्रालय पाउनुपर्ने दाबी गर्छन् । “टुंगो लागेको छैन, प्रतिनिधिसभा पुनःस्थापना भएपछि २० सांसद यादव पक्षमा भएकाले कम्तीमा सात मन्त्रालय पाउनुपर्ने  ।

प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल बाँडफाटमा सबै कुरा एमालेमा नेपाल पक्षको कस्तो स्थिति रहन्छ भन्नेमा अड्किएको विशेष स्रोतले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »