सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री निवास घेर्न गएका नागरिक अगुवाहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप

१२ माघ, काठमाडौं ।

बालुवाटार स्थित प्रधानमन्त्री निवास घेराउ गर्न गएका नागरीक समाजका अगुवा हरु माथी प्रहरीले  हस्तक्षेप गरेको छ ।

धर्ना बस्ने भन्दै प्रधानमन्त्री निवास अगडी पुगेका नागरिक अगुवाहरुलाइ दमन गरेपछी नगरिक अगुवा र प्रहरीबिच मुडभेट भएको छ। आन्दोलनमा नगरिक अगुवा नारायण वाग्ले,खगेन्द्र सङग्रौला,राजन मुकारुङ,युग पाठक,डा. गोबिन्द के.सी .लगायतको उपस्थिति थियो।

बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो । तर बालुवाटार नपुग्दै प्रहरीले रोक्यो ।

प्रहरी घेरा तोडेर नागरिक अगुवा हरु अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए ।

बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए । उनले भने, शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

 ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन गर्‍यो ‘, वाग्लेले भने, ‘अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

यस्तै वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौं,’ उनले भने,’ घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्ने छौं । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैं उपचार गर्ने छौं ।’

भर्खरै

सम्बन्धित खबर

Language »