सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष आफ्नो दावी पेश गर्न आह्वान

काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले  के. पि. ओलि नेतृत्वको सरकारले सदन बाट बिस्वासको मत  प्राप्तगर्न नसके पछि आजैका मिती मा नयाँ सरकारनिर्माणको बाटो खुल्ला गराउन प्रधानमन्त्री पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष आफ्नो दावी पेश गर्न आह्वान गरेकी छिन ।

राष्ट्रपति कार्यलयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे द्वारा हस्ताक्षरीत प्रेस विज्ञप्ति

“राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७४/११/३ गते नियुक्त सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम मिति २०७८/१/२७ मा प्रतिनिधि सभामा विश्वासको मतको लागि राख्नु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूको मिति २०७८/१/२७ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझ ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ ।”

भर्खरै

सम्बन्धित खबर

Language »