सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रमुख राजनीतिक दलको सर्वदलीय बैठकको निर्णय

नेपालगञ्ज, बाँके जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलको बैठक बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको कार्यालयमा सम्पन्न भएको छ ।

बैठकमा प्रदेश सांसद समेत रहनुभएका नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइराला, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइराला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राई, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष जगदिश ढकालको उपस्थिती रहेको थियो ।

बैठकले राहत वितरण गर्दा सरकारले निर्देशित गरे अनुसार एकद्वारबाट वितरण गर्न आग्रह गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहमा अबदेखि राहत वितरण गर्दा सर्वदलीय संयन्त्र गठन गरि विपन्न घरपरिवारको पहिचान गरि वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिनका लागि बैठकले जिल्लाका लागि आवश्यक भिटिएम, पिसिआर किट लगायतका स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ ।

यसैगरी बैठकले लकडाउनको पूर्ण पालनाका लागि जिल्लाबासीमा अनुरोध गर्दै थप व्यवस्थित बनाउन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ ।

बैठकले लकडाउनको आधारभुत मापदण्ड पुरा गर्दै विकास परियोजनाको काम सञ्चालन गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध गरेको छ ।

यसैगरी बैठकले कोरोना भाईरस(कोभिड–१९ ) को सङ्क्रमण फैलिन नदिन जिल्लामा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय प्रशासन,जनप्रतिनिधी लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »