सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रवासमा रहेता पनि गायक छेडुप माेक्तानकाे ल्हाेछार गीत

काठमाडौँ । आज हामीले तपाईंहरुका लागि नयाँ म्युजिक भिडियोको सुटिङ रिर्पोट प्रस्तुत गदै छौ । सोनाम ल्होछार नजिकिदै छन् । यही अवसरमा ल्होछारसँग संबन्धीत गीतहरुको म्युजिक भिडियो निर्माण गर्ने क्रम जारी नै छन् । कामको शिलशिलामा दक्षिण कोरियामा रहेको छेडुप मोक्तान र गायिका जित्तु लोप्चनको आवाजमा रहेको ल्होछार गीत यत्तिबेला छायाङ्कनको भैइरहेको छ । ल्होछारमा कसरी रमाइलो गर्न सकिन्छ ? यही प्रसंगमा तयार गरिएकाे गीतकाे म्युजिकि भिडियो अजय स्याङतानको निर्देशनमा आइतबार र सोमबार छायाङ्कन भएकाे थियाे।

काेरियामा रहेकाे गायक छेडुप माेक्तान

यो म्युजिक भिडियोबाट पुराना नायिका लत्ता योञ्जनको पनि कमब्याक भएको छ भने नायक सन्दिप स्याङतान, महानायक अमिर दोङ, नायिका चाँदनी मोक्तान, मोडल तथा नायिका शुष्मा मोक्तान, मोडल प्रभा घिसिङ हास्यकलाकार कुईंसाङ रुम्बा, अनिता नेगी लगाएत थुप्रै कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

हामीले छायाङ्कनको क्रममा हाँस्यकलाकार कुईसाङ रुम्बा र अनिता नेगी सँग यो भिडियोको बारेमा संवाद गरेका थियौ । उहाँहरु यसो भन्नु हुन्छ । “अहिलेसम्मको नै रमाइलो अनि ठ्याउँली म्यूजिक भिडियोको रुपमा हामीले लिएका छौ । ल्होछारमा टुँडिलखेलमा नाँच्न नपाए पनि यो गीत सुनेर घर–घरमा नै नाँच्न मिल्ने गीत छ यो ।”
यसैगरी मोडल शुष्मा मोक्तान सँग पनि संवाद गरेका थियौ । उहाँको भनाई भने यस्तो छ । “यो सारै रमाइलो भिडियो हो । किन भने ल्होछारमा हामीले कसरी रमाइलो गर्नु पर्छ भन्ने सन्देश दिन खोजेको छ ।”
नायक अमिर दोङलाइै पनि हामीले यो म्युजिक भिडियोकोबारेमा प्रश्न सोधेका थियौ उहाँ भने यसो भन्नु हुन्छ । “हाम्रो डम्फु संस्कारलाई चिनाउन खोजेको छ । डम्फुको कुरा जोड्न साथ ल्होछार जोडिन्छ । त्यसकारणले यो भिडियो सायद तामाङ समुदायको लागि एक सन्देश मुलक हुनेछन् ।”

नायिका चाँदनी मोक्तान र पुराना अर्का नायिका लत्ता घिसिङसँग पनि कुराकानी गरेका थियौ । नायिका लत्ता घिसिङले पुरानै पेशामा फर्केको स्वीकार गर्दै यसो भन्नु भयो । “यो मेरो करिब १० वर्षपछिको आगमन हो । मलाई मेरो दर्शक स्रोताहरुले भुलेको छैन होला भन्ने आशा गरेको छु र यो भिडियो बाट म पनि पुनः तामाङ चलचित्र क्षेत्रमा कम–ब्याक भएको छ भन्ने सन्देश पनि जानेछन् । ”

तामाङ चलचित्रको क्षेत्रमा दोस्रो नायिकाको रुपमा स्थापीत नायिका चाँदनी मोक्तानले पनि याे म्युजिक भिडियाेमा अभिनय गरेकी छिन।

म्यूजिक भिडियोमा कोरसको रुपमा नचाउने नृत्य निर्देशक भने सधै पर्दा पछाडी रहने गरिन्छ । हामीले नृत्य निर्देशक नरेन मोक्तानसँग पनि कुराकानी गरेका थियौ । उहाँले पर्दा पछाडीको महत्वपुर्ण कुराहरुकाे बारेमा जानकारी दिएकाे छ ।

यो म्युजिक भिडियोको निर्देशक तथा कोरियोग्राफी अजय स्याङतानसँग धेरै कलाकारहरुलाई यो म्युजिक भिडियोमा उतार्नुको कारण के हो भनी प्रश्न गरेको थियो उहाँ यसो भन्नु हुन्छ । “हुन मैले सोचे अनुरुपको कलाकारहरुलाई यो गीतमा नचाउन सकेको छैन । मैले एकै सेटमा ४२ जना कलाकारहरुलाई नचाउन खोजेको छु सायद अर्को ल्होछारमा सफल हुने छन् । यो गीतमा पनि पुरानो नायिका लता योञ्जनको पनि कम–ब्याग भएको छ । जे होस् राम्रो भिडियो बनाउन खोजेको छु । ”

यो गीत कोरियामा रहेको गायक छेडुप मोक्तानको लगानीमा नै निर्माण भएको हो भने यो गीत कस्तो हुने छ वा दर्शकले रुचाउलान् या रुचाउदैन त्यो हेर्न बाँकी नै छन् । सुटिङ रिर्पोटलाई आधार मानेर मात्र राम्रो निर्माण भएको छ भनि हाल्न नमिलेता पनि अजय स्याङतनको प्रयास भने राम्रो छ । ल्होछारको नयाँ गीतको सुटिङ हुने क्रम जारी नै छन् । ल्होछारको बारेमा निर्माण गरेको धेरै गीतहरु पनि सार्वाजनिक भैइसकेका छन् । अब यो गीतले दर्शकको माया पाउला या पाउदै सार्वाजनिक भएपछि अवश्य नै पुनः मुल्याङ्कन हुने छन् ।

सुटिङ रिर्पाेट यस्ताे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »