सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी र न्यूरोड क्षेत्रका व्यवसायीबीच भएको असन्तोष वालुवाटार परिसरमा केन्दित

काठमाडौं । व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

पसल बन्द आग्रह गरेपछि व्यवसायी अटेर गर्दा झडपको स्थिति उत्पन्न भएको प्रत्यक्षदर्शीले बताएका छन् । निकै समयको विवाद र घम्साघम्सीबीच पनि व्यवसायीले पसल बन्द गर्न नमानेपछि अहिले न्यूरोड क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ ।

न्यूरोडबाट सुरु भएको असन्तोष अहिले प्रधानमन्त्री निवास वालुवाटार परिसरमा केन्दित भएको छ । व्यवसायीहरुसहित नागरिक समाजको एक समूहले अर्थहिन लकडाउनको औचित्य नभएको भन्दै वालुवाटार परिसरमा नाराबाजी गरिरहेका छन् । व्यवसायीहरु सडकमा नै बसेर नारा लगाउँदै व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरिहेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको बताए । उनले प्रहरीको यो कार्य निन्दनीय भएको समेत बताए ।

यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »