सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी र प्रदर्शनकारी बीच दाेहाेराे झडप हुँदा पनाैतीमा गाेली चल्याे

काठमाडाैँ । काभ्रेकाे पनाैतीमा टिप्परकाे ठक्करबाट आमा छाेरीकाे मृत्यु भएकाे छ ।

आमा छाेरीकाे मृत्यु भएपछि पनाैतीमा मृत्कका आफ्नतले सडक अवरूद्ध गरेकाे थियाे । साेही क्रममा प्रहरी र प्रदर्शनकारी बीच दाेहाेराे झडप भएकाे छ ।

अनुसार भीडलाइ नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गर्दा केही प्रदर्शनकारी घाइते भएकाे जानकारी प्राप्त भएकाे छ ।

बनेपाबाट पननौति जाँदै गरेको टिपरले ठक्कर दिंदा पनौतीमा आमा–छोरीको मृत्यु भएको थियाे । आज (सोमबार) बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी विक्रम थापाका अनुसार गम्भीर घाइते भएका आमा–छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

डिएसपी थापाका अनुसार मृत्यु हुनेहरुमा खानीखोला गाउँपालिका वडा नम्बर १ निवासी २७ बर्षीय जुनीमाया तामाङ र उनकी छोरी स्मारिका तामाङको मृत्यु भएको छ ।

घट्नापछि रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय टिपर चालक नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »