सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्राकृतिक प्रकोपका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपका घाइतेको उपचार सरकारले बेहोर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले घाइतेको उपचार खर्च र अपांगता भएकालाई यथोचित प्रबन्ध गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा प्राकृतिक प्रकोपबाट क्षतिको विवरण संकलन भइरहेको र सरकारले त्यसैका आधारमा राहत दिने निर्णय भएको पनि जानकारी दिए ।

बाढी र पहिलो प्रभावित क्षेत्रमा यातायत, विद्युत्, खानेपानी लगायतका सेवा सुविधालाई पुनर्स्थापना गर्नका लागि रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय गरेर आवश्यक कदम चाल्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मुलुकका विभिन्न क्षेत्रमा गएको बाढी र पहिरोका कारण जनधनको क्षति भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »