सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्राकृतिक विपतबाट ३८ दिनमा देशभर १५३ को मृत्यु, ४३ बेपत्ता

काठमाडौं / ०६ साउन।
मनसुन सुरु भएताका ३८ दिनमा प्राकृतिक विपतबाट देशभर एक सय ५३ जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता छन् भने दुई सय सात घाइते भएका छन् । ३० करोड २७ लाखबराबरको धनमालमा क्षति भएको छ ।

यस वर्ष ३० जेठदेखि मनसुन सुरु भएको हो । गृह मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म सबैभन्दा धेरै एक सय ११ जनाको पहिरोबाट ज्यान गएको छ ।

बाढीमा परी मृत्यु हुने तीनजना छन् । बाँकीको चट्याङ, ढुंगाले किचेर, भिरबाट लडेर र सर्पको डसाइबाट मृत्यु भएको हो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अघिल्लो साताको तुलनामा वर्षाको अनुपात कम भए पनि पहिरो र बाढीको जोखिम भने अझ धेरै रहेको बताए ।

निरन्तरको वर्षाले जमिन गलेको तथा खोल्सा, खोला र नदीमा पानीको बहाव बढेकाले पहिरोको खतरा रहेको कार्यकारी अधिकृत पोखरेलले बताए ।

‘बाढी र पहिरोका कारण यस अवधिमा धेरैको ज्यान गयो । बेपत्ता हुने र घाइते हुनेको संख्या पनि त्यत्तिकै बढेको छ । यो दर अझै बढ्न सक्छ । किनकि जमिन गलेको छ । थोरै वर्षाले पनि त्यसलाई असर गर्न सक्ने खबर आएको छ । नँयापत्रिकाबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »