सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्राध्यापक संघद्वारा त्रिविका पदाधिकारीको राजीनामा माग

काठमाडौँ / १९ असार
प्रतिपक्षी कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीको राजीनामा मागेको छ ।

राजनीतिक भागबण्डाको आधारमा गरिएको नियुक्ति अन्त्य गनुपर्ने संघको माग छ । संघले शुक्रबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै जेष्ठता र प्राज्ञिक विशिष्टताको आधारमा शैक्षिक एंव प्रशासनिक नियुक्ति गर्न जोड दिएको हो । नियुक्तिको मापदण्ड बनाउन निवृत्त प्राध्यापकहरु सम्मिलित कार्यदल बनाउन सुझाव दिएको छ ।

पछिल्लो समय भागबण्डाको आधारमा नियुक्त उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पदाधिकारीले राजीनामा दिनुपर्ने संघको माग छ ।नेकपाको आन्तरिक
भागबण्डामा रेक्टर नियुक्ति गरेको भन्दै पनि संघले आपत्ति जनाएको छ । कांग्रेस र प्राध्यापक संघले त्रिवि रेक्टरको दाबी गर्दै आएको थियो । रेक्टरमा शिवलाल भुसाल नियुक्त भएपछि संघ असन्तुष्ट छ । डिन, विभाग र क्याम्पस प्रमुखमा पनि सत्तारुढ नेकपा निकट प्राध्यापकहरु एकलौटी रुपमा नियुक्त हुन थालेपछि अझै असन्तुष्टि बढेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »